• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शिक्षामन्त्रीको निर्देशनपछि पनि खुलेन नर्सिङ क्याम्पसको ताला

    279
    SHARES

    काठमाडौँ । महाराजगञ्ज नर्सिङ क्याम्पसमा बीएमएस (बेचुलर मिडवाइफ्री साइन्स) का विद्यार्थीहरूले लगाएको ताला खुल्न सकेको छैन ।

    पाठ्यक्रम र शैक्षिक कार्यक्रमका विषयमा आपत्ति जनाउँदै विद्यार्थीहरूले चैत ५ गतेदेखि क्याम्पसमा तालाबन्दी गरेका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थीहरूले उठान गरेका मागका विषयमा ९ चैतमा छलफल गरेकी थिइन् । छलफलको क्रममा उनले विवाद समाधान गरेर कलेजको पठनपाठन सुचारु गर्न निर्देशन दिएपनि ताला भने अझै खुल्न नसकेको हो।

    बैठकमा मन्त्री श्रेष्ठ, चिकित्सा शिक्षा आयोग अध्यक्ष, प्राडा अञ्जनीकुमार झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राडा केशरजङ्ग बराल, शिक्षा सचिव सुरेश अधिकारी, चिकित्सा शास्त्र अध्ययन संस्थान, डिन डा.दिव्यासिंह शाह, नेपाल नर्सिङ परिषद्की अध्यक्ष सरला केसीको सहभागिता रहेको थियो ।

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष झाले पीसीएल नर्सिङ पढेका विद्यार्थीको हकमा बीएमएस अध्ययनको लागि आयोगले सिफारिस गरेको बताएका थिए । त्यस्तै त्रिविका उपकुलपति प्राडा बरालले बिएस्सी मिडवाईफ्रिकै पाठ्यक्रम बीएमएसको लागि समेत लागू हुने बताएका थिए। उक्त पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयबाट आधिकारिक रूपमा स्वीकृत समेत भइसकेको बताएका थिए ।

    त्यस्तै चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन प्राडा शाहले बिएस्सी मिडवाईफ्री र बेचुलर ईन मिडवाईफ्रि साइन्सको पाठ्यक्रम एकै भई सोही अनुसार पठनपाठन भएता पनि बीएमएस तर्फका विद्यार्थीलाई बीएमएसको उपाधि प्रदान गरिने बताएकी थिइन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ