• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    दीपेन्द्र र करण चम्कँदा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दियो

    299
    SHARES

    काठमाडौँ।  आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। नेपालले आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्दै ४९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाएर २७१ रन बनाएको हो।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६७ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ७५ रनको अर्धशतक बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै, करण केसीले ३१ बलमा ३ छक्का र २ चौकासहित ४९ रनको योगदान दिए। नेपालका कुशल भुर्तेलले ४७ रन बनाए भने भिम सार्कीले ३६ रनको योगदान गरे।

    अमेरिकाका लागि हर्मीत सिंहले सर्वाधिक तीन विकेट लिए। शौरव नेत्रभाल्कर र नेथ्सुज केन्जिले दुई–दुई विकेट लिए भने जसदीप सिंह र शुभम रान्जेले एक–एक विकेट लिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ