• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेन-जी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने तीन युवक पक्राउ, प्रिन्टर र राउटर बरामद

    333
    SHARES

    काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा, र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्।

    उनीहरूले जेन–जी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय परिसरमा तोडफोड, आगजनी र सरसामान चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि चोरी र आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

    प्रहरीले उनीहरूको साथबाट राष्ट्रपति कार्यालयमा प्रयोग भइरहेका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्रीहरू समेत बरामद गरेको जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ