• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सरकारले सुरक्षाकर्मी फिर्ता गरेपछि प्रचण्डको सुरक्षामा तीन तहको वाईसीएल घेरा

    602
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा अहिले पूर्वलडाकु ब्याकग्राउन्ड भएका वाईसीएल कार्यकर्ताहरू खटिएका छन्। सरकारले प्रचण्डको सुरक्षामा खटाइएका राज्यका सुरक्षाकर्मी फिर्ता गरेपछि वाईसीएलले आफ्नै टोलीमार्फत सुरक्षा व्यवस्था मिलाएको हो।

    वाईसीएलका अध्यक्ष पुष्प ओलीले प्रचण्डको सुरक्षामा आफ्ना कार्यकर्ताहरू परिचालन गरिएको पुष्टि गर्दै भने, “पछिल्लो राजनीतिक परिस्थितिमा उहाँमाथि सुरक्षा जोखिम हुनसक्ने भएकाले आवश्यक संख्यामा वाईसीएल टोली खटाइएको हो।”

    स्रोतका अनुसार प्रचण्डको सुरक्षालाई तीन तहमा विभाजन गरिएको छ। सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन्, जसले नजिकबाट शारीरिक सुरक्षा सुनिश्चित गर्छन्। त्यसपछि दोस्रो तहमा फिल्डमा खटिने वाईसीएल टोली, र तेस्रो तहमा सूचना संकलन तथा निगरानीका लागि परिचालित ‘इन्टेलिजेन्स टिम’ रहेको बताइएको छ।

    प्रचण्डको यात्राको क्रममा स्कर्टिङ (सुरक्षा सवारी साथ) आवश्यक परेमा केन्द्र र सम्बन्धित जिल्लामा रहेका वाईसीएलका विशेष टोलीहरू पनि सक्रिय हुने व्यवस्था गरिएको छ। “सुरक्षामा खटिनेहरूको संख्या परिस्थिति र आवश्यकता अनुसार घटबढ गर्न सकिने गरी तयारी गरिएको छ,” प्रचण्ड निकट स्रोतले जनाएको छ।

    वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार सरकारले शुक्रबार बिहान १० बजेदेखि प्रचण्डको सुरक्षार्थ खटिएका प्रहरी र सशस्त्र प्रहरी फिर्ता बोलाएको हो। अब भने थोरै संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने र बाँकी सुरक्षा वाईसीएल तथा पूर्व जनमुक्ति सेनाले मिलाउने बताइएको छ।

    माओवादीले दशक लामो जनयुद्ध समाप्त गर्दै शान्ति प्रक्रियामा प्रवेश गरेपछि पूर्वलडाकुहरूलाई वाईसीएल (योङ कम्युनिस्ट लिग)मा संगठित गरेको थियो। तीमध्ये धेरैजना अहिले पनि सैन्य तालिम प्राप्त र सुरक्षा अनुभवयुक्त छन्, जसले अहिले पुनः आफ्नो नेताको सुरक्षा जिम्मेवारी सम्हालेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ