• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेन-जी अगुवाको संयुक्त विज्ञप्तिः सेनापतिले नक्कलीसँग वार्ता गरिरहनु भएको छ, सहमति मान्य हुँदैन

    1.4K
    SHARES

    काठमाडौँ । जेन-जी आन्दोलनको अगुवाहरुले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले नक्कली जेन-जीसँग वार्ता गरिरहेको बताएका छन् । उनिहरुसँग गरेको सहमति आफूहरुलाई मान्य नहुने समेत बताएका छन् ।

    विहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा आफूहरु घाइते साथीहरुको उपचारमा खटिएका बेला सेनापतिसँग सत्ता लिप्साको लागि जेन-जीको नाममा असम्बन्धीत व्यक्तिहरुले वार्ता गरिरहेको बताए ।

    ‘जेन-जी आन्दोलनका अगुवा हामी घाइते साथीहरुको उपचाररत रहेको बेला नेपाली सेनाका प्रधानसेनापतिले नक्कली जेन-जीसँग हिजोदेखि वार्ता गरिरहेको जानकारी पाएका छौं । केही विवादित व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्वको लागि प्रस्ताव, हाम्रो अभियानसँग असम्बन्धित व्यक्तिसँग सेनापतिले वार्ता गरिरहेको कुराप्रति हाम्रो पूर्णरुपमा असहमति र आपत्ति छ’ विज्ञप्तिमा भनिएको छ । आन्दोलनसँग सरोकार नराख्ने गैरजिम्मेवार व्यक्तिहरुसँग गरेको वार्ता र सहमति आफूहरुलाई अमान्य हुने प्रधानसेनापतिलाई अवगत समेत गराएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘जेन-जी आन्दोलनसँग सरोकार नराख्ने गैरजिम्मेवार व्यक्तिहरुसँगको वार्ता, छलफल र सहमति पूर्णरुपमा अमान्य र अस्वीकार्य हुने नेपाली सेनाका प्रधानसेनापतिज्यूलाई समेत अवगत गराउन चाहन्छौं । जेन-जीको नाममा सिंहदरबार, सर्वोच्च अदालतसहित देशभरका ऐतिहासिक तथा पुरातत्वीक भौतिक संरचना जलाउने र निजी सम्पत्तिमा आगजनीका साथै लुटपाट गर्नेहरु नै अहिले आफूलाई सक्कली जेनजी भन्दै गरेको बुझिन आएको छ । जुन पूर्णरुपमा झुट र असत्य हो । आत्मकेन्द्रीत अमुक व्यक्तिहरुसँग नभएर आन्दोलनको अगुवा जेन-जीहरुसँग बार्ता र संवाद गर्न सेनापतिसँग आग्रह समेत गर्दछौं ।’

    जेन-जी अगुवाहरुले भोलि संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने समेत जानकारी दिएका छन् ।

    यस्तो छ विज्ञप्तिः
    जेन–जी आन्दोलन अगुवाको तर्फबाट

    संयुक्त प्रेस विज्ञप्ति

    पत्रकार साथीहरु,
    जेन–जी आन्दोलनका अगुवा हामी घाइते साथीहरुको उपचाररत रहेको बेला नेपाली सेनाका प्रधानसेनापतिले नक्कली जेनजीसँग हिजोदेखि वार्ता गरिरहेको जानकारी पाएका छौं । केही विवादित व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्वको लागि प्रस्ताव, हाम्रो अभियानसँग असम्बन्धित व्यक्तिसँग सेनापतिले वार्ता गरिरहेको कुराप्रति हाम्रो पूर्णरुपमा असहमति र आपत्ति छ ।

    सेनापतिसँग वार्ता गरिरहेका व्यक्तिहरु जेन–जी आन्दोलनको अगुवा नभएको र ती व्यक्तिहरु सत्ता लिप्तताको लागि कुटिल चाल चलिरहेका छन् । घाइतेहरुसँग सरोकार नराख्ने तर नेतृत्वको लागि लुछाचुडी गर्ने, ती व्यक्तिहरु बाह्य तथा आन्तरिक शक्तिकेन्द्रद्वारा निर्देशित तथा परिचालित भएको हुनसक्ने जेनजीको आशंका छ ।

    अतः जेनजी आन्दोलनसँग सरोकार नराख्ने गैरजिम्मेवार व्यक्तिहरुसँगको वार्ता, छलफल र सहमति पूर्णरुपमा अमान्य र अस्वीकार्य हुने नेपाली सेनाका प्रधानसेनापतिज्यूलाई समेत अवगत गराउन चाहन्छौं । जेनजीको नाममा सिंहदरबार, सर्वोच्च अदालतसहित देशभरका ऐतिहासिक तथा पुरातत्वीक भौतिक संरचना जलाउने र निजी सम्पत्तिमा आगजनीका साथै लुटपाट गर्नेहरु नै अहिले आफूलाई सक्कली जेनजी भन्दै गरेको बुझिन आएको छ ।

    जुन पूर्णरुपमा झुट र असत्य हो । आत्मकेन्द्रीत अमुक व्यक्तिहरुसँग नभएर आन्दोलनको अगुवा जेनजीहरुसँग बार्ता र संवाद गर्न सेनापतिसँग आग्रह समेत गर्दछौं । भोलि पत्रकार सम्मेलन आयोजना गरेर औपचारिक धारणा सार्वजनिक गर्ने छौं ।

    मितिः २०८२ भदौ २६ जेनजी आन्दोलनका अगुवा

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ