• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    विपद् प्रतिकार्यमा तुरुन्त कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह

    219
    SHARES

    काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई आग्रह गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ। नदी किनारका क्षेत्रहरू, डुबान भइरहने होचो भूभाग र पहिरोको उच्च जोखिम भएका स्थानमा रहनुभएका सम्पूर्ण जनसमुदाय सतर्क रहनुहोला। स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्नुहोला र आवश्यक सतर्कता अपनाउनु होला। साथै, विपद् पूर्व-व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि तुरुन्त कदम चाल्न सरकारसँग अनुरोध गर्दछु।’

    प्रचण्डले पार्टीपंक्तिलाई विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन, जनतालाई समयमै सूचना दिन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन अपिल समेत गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ