काठमाडाैँ । भारत सरकारको सहयोगमा करिब ५० वर्ष अघि निर्माण भएकाे गण्डक नहर जीर्ण बन्दै जाँदा सिँचाइमा समस्या देखिएकाे छ । कृषि उत्पादन बढाउने र स्थानीय कृषकको जीवनस्तर उकास्ने उद्देश्यले नारायणी नदीमा ब्यारेज निर्माण गरेर नहर प्रणालीको विकास गरिएको हो ।
५ दसक पुरानो नहरको अधिकांश कल्भडहरु जीर्ण भएका छन् भने सहायक नहरहरू मासिएका छन् । जीर्ण कल्भड र ठाउँ ठाउँमा भत्किएको नहरहरूका कारण किसानको खेतसम्म सिँचाइ सुविधा पुर्याउन समस्या भएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको गण्डक नहर सन् १९७५-०७६ मा दुई चरणमा नेपाल सरकारलाई हस्तान्तरण भएको हो । हस्तान्तरण भएदेखि हालसम्म सामान्य मर्मत सम्भार बाहेक नहरमा खासै ठुलो लगानी भएको छैन ।
पर्साको जगन्नाथपुरदेखि रौतहटसम्म नहरको कुल लम्बाई ८१ किलोमिटर छ । नारायणी सिँचाइ कार्यालयका प्रमुख मनोरञ्जन सिंहले नहर पुरानो भएकोले पानीको प्रवाह एकदमै कम भएको बताएका हुन्। उनका अनुसार पानिकाे प्रवाह कम हुदै जाँदा सिचाइमा समस्या भएकाे हाे ।
प्रतिक्रिया