• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेस समाचार

    सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    239
    SHARES

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । सोमबार पनि सुनको भाउ निरन्तर उकालो लाग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

    यसअघि आइतबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसभन्दा अगाडि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढ्दै ३ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीले यसअघि गत शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुग्दै हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ