
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहेका छन् ।
बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको सो पार्टीले सोमबार जनाएको छ । मंसिर ७ गते प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा भएको थियो । उक्त पार्टीको केन्द्रीय कमिटीमा संरक्षाक समेत रहेका पूर्वमन्त्री जनार्दन शर्माको पनि नाम छ ।
यस्तै ओम शर्मा, राजकुमार शर्मा, रजमान तामाङ, जन्मदेव जैसी, मानुषि यमि भट्टराईलगायतको पनि नाम छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भने नाम छैन । उनी संरक्षकको भूमिकामा रहने बताइएको छ ।




प्रतिक्रिया