
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि विभिन्न कृषिउपजका थोक मूल्य तोकेको छ। समितिका अनुसार अधिकांश तरकारीको मूल्यमा सानो उतारचढाव देखिएको छ।
गोलभेँडाको मूल्य प्रतिकिलो ३५ देखि ७० रुपैयाँसम्म रहेको छ। नेपाली ठूलो गोलभेँडा ६०, भारतीय ठूलो ७०, सानो (लोकल) ३५ र सानो (टनेल) ५० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ। त्यसैगरी आलुको मूल्य प्रकारअनुसार फरक–फरक छ। आलु रातो ६८, भारतीय रातो ३४, मुडे आलु ४७ र सेतो आलु ५४ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
प्याज (भारतीय सुकेको) ३५ रुपैयाँमा कारोबार भइरहेको छ। लोकल गाजर प्रतिकिलो १३० र तराई गाजर ११० रुपैयाँमा पाइन्छ भने बन्दा ६०, काउली १३०, रातो मूला ६०, सेतो मूला ४५ देखि ६० रुपैयाँमा पुगेका छन्। भन्टा ६० देखि ९० रुपैयाँमा, बोडी ६५ देखि १२०, मटर कोसा ३००, र घिउ सिमी ९० देखि २३० रुपैयाँसम्ममा बिक्री भइरहेको समितिको विवरणमा उल्लेख छ।
तीतो करेला १००, लौका ५५, परवर १००, चिचिण्डो ७०, घिरौँला ८०, फर्सी ६० देखि ८०, भिन्डी ९० र सखरखण्ड ८० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। पालुवा तरकारीमा रायोसाग २००, पालुङ्गो साग र चमसुर साग २५०, तोरीको साग १००, मेथीको साग २००, हरियो प्याज १२०, च्याउ (कन्य) १८०, च्याउ (डल्ले) ४०० र कुरिलो ५०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
ब्रोकाउली १६०, रातो बन्दा १४०, जिरीको साग ३००, सेलरी ५००, पार्सले ६००, पुदिना ६००, गान्टेमुला ९०, इमली १८०, तामा १३०, तोफु १४० र गुन्द्रुक ३०० रुपैयाँमा कारोबार भइरहेको छ। फलफूलमा स्याउ (झोले) २४०, फुजी स्याउ ३००, केरा दर्जनको १३०, कागती १२०, अनार ३६०, सुन्तला ८० देखि १३०, तरबुजा ७०, मौसम १००, जुनार २३०, नास्पाती (चाइनिज) १८०, अम्बा ११० र किबी २६० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यस्तै, अदुवा १००, हरियो खुर्सानी १००, अकबरे खुर्सानी १५०, भेडे खुर्सानी २००, हरियो धनियाँ ३००, लसुन (चाइनिज) २०० र नेपाली लसुन १६० रुपैयाँमा निर्धारण गरिएको समितिले जनाएको छ। माछाको हकमा सुकेको माछा प्रतिकिलो १०००, ताजा रहु माछा ३५०, बचुवा २८० र छडी माछा २५० रुपैयाँमा बिक्री भइरहेको छ।
समितिले तोकेको यो मूल्य थोक (Wholesale) मूल्य हो र खुद्रा बजारमा यसभन्दा १५–२५ प्रतिशत बढीमा उपभोक्ताले खरिद गर्नुपर्ने हुन्छ।



प्रतिक्रिया