• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    शीतल निवासमा राष्ट्रपति पौडेल र जेनजीबीच वार्ता सुरु

    237
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिबीचको वार्ता शीतल निवासमा सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा शनिबार साँझ केही ढिलाइपछि वार्ता प्रारम्भ भएको हो।

    राष्ट्रपतिसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेपछि औपचारिक वार्ता सुरु गरिएको हो। बैठकमा सुरुमा १७ जना प्रतिनिधि सहभागी हुने तय गरिएको भए पनि अन्ततः २० भन्दा बढी जेनजी प्रतिनिधि उपस्थित भएको जेनजीका एक अगुवाले जानकारी दिए।

    बैठकमा जेनजीले अघि सारेका प्रमुख मागहरूबारे विस्तृत छलफल भइरहेको बताइएको छ। राष्ट्रपति पौडेलले युवाहरूको आवाज सुन्न र आन्दोलनका मागहरूलाई सहमतिको बाटोबाट सम्बोधन गर्न चाहेको बताइएको छ।

    प्रधानमन्त्री कार्की, गृहमन्त्री, श्रम तथा युवा मन्त्रीसहित अन्य अधिकारीहरू पनि वार्तामा सहभागी छन्। शीतल निवास स्रोतका अनुसार, आजको छलफलबाट आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण संकेत निस्कने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ