• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गुण्डुमा एमाले सचिवालय बैठक

    245
    SHARES

    काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गरिरहेको घरमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति, र असोज २७ देखि २९ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तयारीबारे छलफल भइरहेको एमाले नेताहरूले जनाएका छन्।

    यसअघि आइतबारका लागि तय गरिएको बैठक अविरल वर्षा र त्यससँगै आएको बाढी, पहिरो तथा डुबानका कारण स्थगित गरिएको थियो। आजको बैठकले ती विषयहरूमाथि समीक्षा गर्दै पार्टीको आगामी कदम तय गर्ने तयारी गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।

    हालको राजनीतिक परिस्थिति, विशेषगरी जेनजी प्रदर्शनपछि दलहरूमा सुरु भएको नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहसका बीच एमालेभित्र भने संस्थापन पक्ष खुलेरै अध्यक्ष ओलीको पक्षमा उत्रिएको देखिएको छ। भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले अन्तरिम सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै, एमालेले प्रतिनिधि सभा विघटनको विपक्षमा उभिँदै पुर्नस्थापनाको पहल गर्ने उद्घोष गरेका थिए।

    गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बालकोटस्थित ओलीको निजी निवासमा आगजनी भएको थियो। त्यसयता उनी नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए। स्थिति सामान्य हुँदै गएपछि ओली अहिले गुण्डुस्थित भाडाको घरमा बसोबास गर्दै आएका छन्।

    यसैबीच, एमालेको भातृ संगठन युवा संघ नेपालले भोलि शनिबार काठमाडौंमा शक्ति प्रदर्शनस्वरूप मोटरसाइकल र्याली आयोजना गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार, उक्त र्यालीले एमाले नेतृत्वमाथिको दबाबलाई जनशक्ति र संरचनागत शक्तिबाट जवाफ दिने सन्देश दिनेछ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ