• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    फेरि नेपाली जनता आन्दोलनको तुफान लिएर अघि बढ्ने बेला आएको छ : अध्यक्ष ओली

    366
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले पुनः आन्दोलनको तयारीमा अघि बढ्नुपर्ने बेला आएको बताएका छन्। बिहीबार भक्तपुरको गुण्डुमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार संविधान विपरीत बनेको दाबी गर्दै आगामी दिनमा संविधान मेटिन नदिने प्रतिवद्धता जनाए।

    ‘नेपाली जनता आन्दोलनको तुफान लिएर अघि बढ्ने बेला आएको छ,’ ओलीले भने, ‘संविधान र लोकतन्त्रको रक्षा गर्न सबै नागरिक एकजुट हुनुपर्छ।’ उनले हालको सरकारले जनताको अधिकार मिचेको र संवैधानिक मूल्य–मान्यतामाथि आघात पुर्‍याएको आरोप लगाए। साथै, सबै नागरिकलाई संविधानको पक्षमा र संसद् विघटनको विपक्षमा उभिन आह्वान गरे।

    गत भदौ २४ गते भएको हिंसाको जिम्मेवारी आफूहरूलाई तोक्ने प्रयास भएको भन्दै ओलीले २३ गते नै आन्दोलन आयोजना गरिएको तथ्य उठाए। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारबारे उनले भने, ‘उनी संसद् विघटन गरेपछि मात्र प्रधानमन्त्री बन्ने सर्तमा अघि बढेकी हुन्, त्यसैले अहिले पनि कुनै राजनीतिक दलसँग संवाद गर्न चाहिँदैन।’

    जेनजी आन्दोलनबारे पनि ओलीले टिप्पणी गर्दै भने, ‘देशमा ३ करोड जनसंख्या छ, तर जेनजी आन्दोलनका नाममा १ लाख मात्रै सडकमा निस्किए। सानो समूहले आन्दोलन गरेर जनताको मत प्रतिनिधित्व गर्न सक्दैन।’ अन्त्यमा उनले लोकतन्त्र मास्ने प्रयास भइरहेको भन्दै त्यसो हुन नदिने दृढता प्रकट गरे। ‘हामीलाई पक्राउ गरेर लोकतन्त्रलाई दबाउन खोजिन्छ, तर त्यो कहिल्यै सम्भव हुँदैन,’ ओलीको भनाइ थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ