काठमाडौँ । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध “नेपो बेबी ट्रेन्ड” चलाउनुपर्ने बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा युवा सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले बालेनका गतिविधि र सम्पत्ति स्रोतमाथि छानबिन हुनुपर्ने माग गरे।
“बालेन र उनका बाबुको सम्पत्ति छानबिन हुनुपर्छ”
गुरुङले भने, “यदि भ्रष्टाचार अन्त्य गर्नै हो भने बालेन शाह र उनका बाबुको सम्पत्ति छानबिन गर्नुपर्छ। ‘हामी नेपाल’ संस्थाबाट कति सम्पत्ति आयो, आम्दानी कति छ — त्यो जनता जान्न चाहन्छन्।” उनका अनुसार, बालेनका कार्यशैली र अराजक व्यवहारले देशलाई “भड्खालोमा पुर्याइरहेको” भन्दै उनले त्यसबारे प्रश्न उठाउने जिम्मा युवा सङ्घले लिने बताए।
सरकारप्रति पनि असन्तुष्टि
उपाध्यक्ष गुरुङले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार निष्पक्ष निर्वाचन गराउने दिशामा नलागेको आरोप लगाए। उनले चेतावनी दिँदै भने, “यदि सरकारले निष्पक्ष निर्वाचन गराउँछ भने अहिलेका प्रधानमन्त्री र मन्त्रीहरू जस–जस ठाउँबाट चुनाव लड्छन्, हामी पनि त्यहीँबाट चुनाव लड्नेछौँ।”
प्रतिक्रिया