• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    देशभर अझै ३२ स्थानमा सडक अवरुद्ध

    237
    SHARES

    काठमाडौँ । हालैको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गका ३२ स्थानमा अझै पनि सडक अवरुद्ध रहेको सडक विभागले जनाएको छ। बुधबार विभागले सार्वजनिक गरेको विवरणअनुसार, अवरुद्ध सडकहरू खुलाउन निरन्तर प्रयास भइरहेको भए पनि कतिपय क्षेत्रमा जोखिम यथावत् छ।

    विभागका अनुसार, बीपी राजमार्गका १८ स्थानमा, मेची राजमार्गका १० स्थानमा, र भेडेडार–रवि–राँके सडक (पाँचथर) खण्डमा समेत यातायात सञ्चालन अवरुद्ध भएको छ। ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज बाढीले बगाएपछि तमोर करिडोर पूर्ण रूपमा अवरुद्ध बनेको विभागले जनाएको छ।

    त्यस्तै, सङ्खुवासभाको अल्फटेमा पहिरो जाँदा कोशी राजमार्गमा आवागमन रोकिएको छ। गत असारमा चीनतर्फबाट आएको बाढीले तातोपानी र टिमुरे क्षेत्रका सडक संरचना क्षतिग्रस्त पारेको थियो। त्यसपछि स्याफ्रुवेन्सी–रसुवागढी सडक अझै पनि पूर्ण रूपमा बन्द नै रहेको विभागको विवरणमा उल्लेख छ।

    विभागका अनुसार, डोजर र उत्खनन यन्त्र (एक्साभेटर) परिचालन गरेर अवरुद्ध सडकहरू खुलाउने कार्य तीव्र पारिएको छ। तर, निरन्तर वर्षा र अस्थिर भू–भागका कारण काममा कठिनाइ भइरहेको बताइएको छ। विभागले यात्रुहरूलाई आवश्यक नपरी लामो दूरीका यात्रामा नजान र स्थानीय प्रशासनको सल्लाहअनुसार मात्र सडक प्रयोग गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ