• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेन–जी आन्दोलनका ३० घाइते अझै विभिन्न अस्पतालमा

    331
    SHARES

    काठमाडौं । देशका विभिन्न अस्पतालमा हालसम्म जेन–जी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन्।

    त्यसैगरी, बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना घाइते विभिन्न अस्पतालहरूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँगको सम्पर्क र समन्वयपछि प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार हालसम्म उपचारका लागि आएका घाइतेहरूको संख्या २,३१६ पुगेको छ। तीमध्ये २,२३८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने अस्पतालमा ४९ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

    त्यसैगरी, २०८२ असोज १२ गतेदेखि हालसम्म जेन–जी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको संख्या नौ रहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ