• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    माओवादी सचिवालय बैठक सुरु

    575
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ।

    पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको माओवादी केन्द्र स्रोतले जनाएको छ।

    बैठकमा हालैको विपद्‌पछिको समग्र अवस्थाका साथै आगामी विशेष महाधिवेशनका तयारीबारे विस्तृत छलफल हुने बताइएको छ। साथै महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोटको मापदण्ड र तयारीका कार्यक्रमसमेत बैठकको एजेन्डामा समावेश गरिएको छ।

    यसअघि यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो। सो बैठकले आगामी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ