• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रातभर जाग्रामसहित लक्ष्मी आराधना, दशैंको औपचारिक अन्त्य आज

    260
    SHARES

    काठमाडौं । आज कोजाग्रत पूर्णिमा, नेपाली हिन्दू समुदायले दशैंलाई बिदा दिँदै महालक्ष्मीको स्वागत गरेर मनाउँदै छन् । आजको रातलाई “जाग्रामको रात” भनिन्छ — जसमा धनधान्यकी देवी महालक्ष्मीको आराधना र पूजा गरी घर–आँगन उज्यालो पारिन्छ ।

    धार्मिक विश्वासअनुसार आज रातभर जाग्राम बसेका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् । त्यसैले आजको रात धन, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ ।

    यसै दिनदेखि १५ दिन लामो दुर्गा पक्ष, अर्थात् महान् चाड बडादशैंको औपचारिक समापन पनि हुन्छ । विजयादशमीका दिनदेखि सुरु भएको टीका–जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने शास्त्रीय परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    आज बिहानै दशैंघरका फूलप्रसाद, टीका र जमराको अवशेषलाई नदी, पोखरी वा तीर्थस्थलमा विसर्जन गरिन्छ । त्यसपछि साँझ महालक्ष्मीको पूजा गरी घर–घरमा दीप प्रज्वलन गर्ने परम्परा छ । यो पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ । आश्विन शुक्ल पूर्णिमाको यस रातलाई विशेष गरी सतर्कता र आराधनाको प्रतीक रात मानिन्छ ।

    भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन प्रारम्भ हुन्छ, जसले तिहार पर्वको तयारीको संकेत गर्छ । त्यसैले कोजाग्रत पूर्णिमालाई दशैं र तिहारबीचको साँस्कृतिक सेतु पर्वको रूपमा पनि लिइन्छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ