काठमाडौं । आज विजयादशमी पर्व देश–विदेशमा उत्साहका साथ मनाइँदै छ । नेपालमा प्रचलित विधिअनुसार टीका–जमरा ग्रहण गर्ने परम्परा भएजस्तै विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीका लागि पनि टीकाको शुभ साइत तोकिएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार विभिन्न देशमा रहेका श्रद्धालुहरूले विजयादशमी टीका कहिले लगाउने भन्ने जिज्ञासा राखेका थिए । त्यसअनुसार स्थानीय समय र तिथ्यादिको आधारमा हरेक मुलुकअनुसार शुभ साइत निर्धारण गरिएको समितिले जनाएको छ ।
समितिले विदेशमा रहेका सनातन धर्मावलम्बीलाई आफू बस्ने स्थानको स्थानीय समय र परम्परा अनुसार टीका थाप्न आग्रह गर्दै, दशैं आफैंमा शुभ दिन भएकाले दिनभर टीका ग्रहण गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया