• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाहिरिने बेला सक्रिय हुँदै मनसुन, दशैको दिन पनि पानी, १७ असोजदेखि भारी वर्षाको प्रक्षेपण

    265
    SHARES

    काठमाडौँ । दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्‍याउने सम्भावना छ ।

    मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका छन् ।

    मौसम प्रक्षेपणका लागि प्रयोग गरिने युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल (ग्लोबल फरकास्ट सिस्टम -जीएसएफ)ले भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका हुन् ।

    यी तीनवटै मोडलका अनुसार असोज १७ गते शुक्रबारदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ । असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ । त्यसको असरले कुनै–कुनै स्थानमा भारीदेखि अति भारी वर्षा गराउने प्रक्षेपण छ ।

    असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।

    नेपालमा मौसमको भविष्यवाणी गर्ने सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गर्दै असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ । उसो त दशैंको टीकाको दिन पनि पानी पर्ने भनेको छ ।

    यस्तो छ महाशाखाको विशेष बुलेटिन

    मौसम विश्लेषण:
    हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर रहेको भएता पनि बंगालको खाडिमा विकसित भएको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापिय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशको खास गरी कोशी, मधेश, बागमती, गण्डकि र लुम्बिनी प्रदेश सम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ। तसर्थ, नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ ।

    २०८२ असोज १४ गते (मंगलबार राति)

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका लगायत कर्णाली प्रदेशको केही, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    २०८२ असोज १५ गते (बुधबार)

    दिउँसोः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई लगायत मधेश प्रदेशका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहितमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    रातीः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    २०८२ असोज १६ गते (बिहीबार)

    दिउँसोः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहितमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    रातीः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    असोज १७ (एकादशी): कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    असोज १८ (द्वादशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    असोज १९ (त्रयोदशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षा को सम्भावना रहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ