काठमाडौँ । कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी लीलाप्रसाद शर्मालाई दिइएको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार शर्मालाई उक्त जिम्मेवारी दिइएको हो।
यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि विभागमा उक्त पद रिक्त रहेको थियो।
पछिल्लो समय कारागारभित्र देखिएको विवादका कारण तत्कालीन महानिर्देशकलाई हटाइएको बताइएको छ।
तर नव नियुक्त महानिर्देशक शर्मा पनि प्रशासनभित्र धेरै चुस्त र दुरुस्त कार्यसम्पादन गर्ने अधिकारीको रूपमा नरहेको गृहका एक अधिकारीले बताए ।
प्रतिक्रिया