काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । बुधबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया