• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    प्रचण्डको जवाफपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सकिँदै

    202
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफसँगै समापन हुने तयारी छ। शुक्रबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।

    बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ अध्यक्ष प्रचण्डले दिनेछन्। प्रचण्डको जवाफअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले पनि आ-आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता देवेन्द्र पौडेलले जानकारी दिए।

    बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगायत केही नेताहरूले प्रश्न उठाएका छन् भने अधिकांश सदस्यले दस्तावेजको समर्थन जनाएका छन्।

    विशेष महाधिवेशनको प्रस्ताव राखेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने अधिकांश नेताहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्। तर शर्माले मात्र आफूले होइन, अध्यक्ष प्रचण्डले पनि आत्मालोचना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ