• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजको ५६ ढोकामध्ये २३ खोलियो

    572
    SHARES

    सुनसरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९१ हजार २१० क्युसेक पानी प्रवाह मापन गरिएको थियो।

    आज (सोमबार) बिहान गरिएको मापनअनुसार कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको सशस्त्र प्रहरी बलका उपरीक्षक निर्मल थापाले जानकारी दिए। उनका अनुसार अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएका छन्। तीमध्ये ५२ ढोका मूल र बाँकी चार नहरका हुन्।

    एक लाख ५० हजार क्युसेकभन्दा बढी पानीको बहाव भएपछि खतराको सूचकका रूपमा ब्यारेजमा रातो बत्ती बालिने प्रचलनअनुसार अहिले बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

    स्मरणीय छ, २०६५ सालको भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काइदिएको थियो। त्यसपछिको अवस्थामा अहिले पुनः त्यस्तो बहाव नजिकिँदा सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ