• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेस समाचार

    लगातार ८ दिनदेखि बढ्यो सेयर बजार, दुई दिन एकल अंकमा खुम्चियो

    79
    SHARES

    काठमाडौं । विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यद्यपि पछिल्ला दुई दिन वृद्धि एकल अंकमा खुम्चिएको छ । बुधबार ५.१७ अंक बढेको बजार आज बिहीबार ३.७६ अंक बढ्यो । योसँगै नेप्से परिसूचक २९८२ अंकमा कायम भएको छ ।

    बिहीबार पनि बजारमा केही उतारचढाव देखियो । ११ ः ३८ बजे २९९० अंकमा पुगेको नेप्से दिउँसो १ ः २३ बजे २९६४ अंकसम्म झरेको थियो । उतारचढावपूर्ण बजारमा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १९ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १८ अर्ब ४९ करोडको भयो ।

    १२३ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो । आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो । विकास बैंक १.०६, होटल तथा पर्यटन ०.४६, लगानी ०.२५ तथा व्यापार ०.२८ प्रतिशत बढे ।

    बैंकिङ ०.६१, फाइनान्स ०.७६, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.५७ तथा अन्य ०.०९ प्रतिशत घटे । यस दिन हाइड्रोपावर समूहको मात्रै ८ अर्ब ४० करोडको कारोबार भयो । कुल कारोबारमा हाइड्रोपावर समूहको हिस्सा ४५ प्रतिशत हो ।

    बैंकिङ समूहको १ अर्ब ३२ करोड, विकास बैंकको १ अर्ब ८५ करोड, माइक्रोफाइनान्सको १ अर्ब ७९ करोड तथा अन्य समूहको १ अर्ब ९ करोडको कारोबार भयो । बाँकी समूहको कारोबार रकम १ अर्बभन्दा न्यून रह्यो ।

    चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावर छन् । त्यस्तै हिमालयन हाइड्रोपावरको ८.४१ तथा मायाखोलाको ७.४ प्रतिशत मूल्य बढ्यो । उन्नति सहकार्य लघुवित्तको ३.५८ तथा समृद्धि फाइनान्सको ३ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, ग्रिन भेन्चर, लुम्बिनी विकास बैंक र हिमालयन रिइन्स्योरेन्स छन् । बजारको पूँजीकरण ४९ खर्ब ७७ अर्ब पुगेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ