• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    राष्ट्रियसभामा अल्पमतमा पर्‍यो ओली सरकार, जसपाद्वारा समर्थन फिर्ता

    541
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

    जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा अल्पमतमा परेको हो । भूमि विधेयकमा समेटिएका विषयवस्तुमाथि असहमति जनाउँदै जसपा नेपालले समर्थन फिर्ता लिएको हो ।

    जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्देशन बमोजिम बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । जसपा नेपालका राष्ट्रियसभामा ३ सांसद छन् ।

    ती सांसदहरू विपक्षमा रहेपछि ५९ सदस्यीय राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको हो । बहुमतका लागि ३० मत हुनुपर्नेमा सरकारसँग अब कांग्रेसका १६, एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद मात्रै छन् । यी सबै जोड्दा २८ मत मात्र हुन्छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ