नेपाल । चीनको सीमास्थित ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ।
चीनतर्फको ल्हेन्दो र केरुङ खोलामा आएको बाढीले नेपालतर्फको भोटेकोशी नदीमा ठूलो उराठी ल्याउँदा रसुवागढीस्थित नेपाल–चीन सीमा जोड्ने मितेरी पुल बगाएको छ।
बाढीका कारण रसुवा भन्सार कार्यालयको सेडघरमा राखिएका कन्टेनरहरू बगाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले एक प्रेस नोटमाफर्त जानकारी दिएको छ । बाढीले दर्जनौँ विद्युतीय सवारीसाधन (EV) समेत बगाएको छ भने मालवाहक गाडीका चालक, प्रहरीसहित नेपाली र चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका छन्।
हालसम्म सात जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढीमा फसेका ५५ जनाको सकुशल उद्धार गरिएको छ। बाढीबाट गोसाइकुण्ड गाउँपालिका (वडा नं. १, २, ३), आमाछोदिङ्मो गाउँपालिका (वडा नं. १, २, ४, ५), उत्तरगया गाउँपालिका (वडा नं. २, ४, ५) तथा कालिका गाउँपालिका (वडा नं. १) अति प्रभावित भएका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले ठूलो परिमाणमा भौतिक सम्पत्तिको क्षति पुगेको छ। त्यस्तै, उत्तरगया गाउँपालिका–५ स्थित खोला किनारमा एक पुरुषको दाहिने खुट्टा मात्र फेला परेको अधिकारीले जानकारी दिए।
बेपत्ता हुनेहरुको नामावली :
१. श्री लाल बहादुर श्रेष्ठ (नेपाल प्रहरी),
१०. श्री फुर्वा लामा (सिन्धुपाल्चोक),
२. श्री मुना ठाकुर (नेपाल प्रहरी),
३. श्री लोकेन्द्र बोहरा (नेपाल प्रहरी),
४. श्री जिपन चौधरी (बर्दिया),
५. श्री सन्तोष दहित (बर्दिया).
६. श्री बुद्धिराम थारु (बर्दिया),
७. श्री लक्ष्मीनारायण बारू (बर्दिया),
८. श्री सुरेश थारु (बर्दिया),
९. श्री नरेन्द्र वि.क. (बागलुङ),
११. श्री गोविन्द मोक्तान (नखुलेको),
१२. श्री लोकमान तामाङ (नखुलेको),
१३. YU YUE (चिनियाँ नागरिक),
१४. LI HUAQING (चिनियाँ नागरिक),
१५. YANG CHUAN (चिनियाँ नागरिक),
१६. HAI HANG (चिनियाँ नागरिक),
१७. YOU XIAO QIU (चिनियाँ नागरिक),
१८. JOU YONG (चिनियाँ नागरिक)
प्रतिक्रिया