जनकपुरधाम । महोत्तरीको औरहीमा ११ हजार भोटको तार चुँडिएर खस्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
औरही नगरपालिका वडा नं ७ भोयल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका मजदुरको मृत्यु भएको हो । मृतक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया रहेका छन् ।
मजदुरको घटनास्थल करेन्ट लागेर मृत्यु भएको स्थानीय रोशन यादवले बताए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । विद्युत् प्राधिकरणको लापरबाहीको कारण तार चुँडिएर खस्दा करेन्ट लागेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार त्यहा केही वर्ष अघि पनि यस्तै घटनामा एकजनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया