• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    संसद् भवनभित्र भुईँमा पलेंटी कसेर रास्वपाकाे विरोध

    59
    SHARES

    काठमाडौं । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।

    केहीबेर अघिसम्म वेल अगाडि उभिएर नाराबाजी गरिरहेका रास्वपा सांसदहरू अहिले पलेंटी कसेर बसेका छन् । उनीहरू बसेरै नाराबाजी गरिरहेका हुन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरिरहेका हुन् । यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले बैठक चलाइरहेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ