• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    कीर्तिमानी जितबाट २ रनले चुक्यो नेपाल

    39
    SHARES

    काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी शृङ्खलामा नेपाल २ रनले पराजित भएको छ । स्कटल्याण्डले जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २१ मात्र बनाउन सक्यो ।

    अन्तिम बलमा जीतका लागि ३ रन चाहिएकोमा ललित राजवंशी शून्य रन बनाएर बोल्ड हुन पुगे । आइतबारको खेल जितेको भए नेपालको नयाँ रेकर्ड बन्ने थियो । गत सोमबार नेपालले स्कटल्याण्डले नै प्रस्तुत गरेको २ सय ९७ रनको लक्ष्य पछ्याउँदै एकदिवसीयमा आफूले सबैभन्दा ठुलो लक्ष्य पछ्याएको रेकर्ड बनाएको थियो ।

    खेलमा पराजित भए पनि नेपालले एकदिवसीयमा आफ्नो सबैभन्दा ठुलो स्कोरको रेकर्ड भने बनाएको छ । यसअघि टोलीले सन् २०२३ मा कीर्तिपुरस्थित त्रिवि विश्व विद्यालय मैदानमा ओमानविरुद्ध ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो ।

    सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पनि नयाँ रेकर्ड बनाएका छन् । उनीहरुले नेपालका लागि एकदिवसीयमा सातौँ विकेटका लागि सबैभन्दा ठुलो साझेदारी गरेका हुन् ।

    दीपेन्द्र र सोमपाल मिलेर शतकीय साझेदारी गरे । उनीहरुले मात्र ६५ बलमा १ सय ५ रन बनाए । दीपेन्द्रले ५१ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २ चौका हिर्काए । सोमपाल पनि अर्धशतक बनाउँदै आउट भए । उनले मात्र ४४ बलमा ६७ रन बनाउँदै आउट भए । उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

    यसअघि आरिफ शेख र गुल्सन झाले ६८ रनको रेकर्ड राखेका थिए । यसअघि टोलीले सन् २०२३ मा कीर्तिपुरमा ओमानविरुद्ध ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो ।

    आइतबारको खेलमा नेपालको सुरुवात राम्रो हुन सकेन । चौथो ओभरमा कुशल भुर्तेल १७ रन बनाउँदै रन आउट हुन पुगे । उनले २० बलमा ३ चौका प्रहार गरे । अर्को ओभरमा अर्का ओपनर आसिफ शेख पनि मात्र ८ रन बनाउँदै पभेलियन फर्किए ।

    कप्तान रोहित पौडेल पनि लामो समय टिक्न सकेनन् । ३ रन बनाउँदै ब्रान्डन म्याकमुलेनको बलमा क्याच आउट हुन पुगे । त्यसपछि भीम सार्की र आरिफ शेखले नेपालको इनिङ्स सम्हाले । दुई जना मिलेर ११० बलमा ९४ रन जोडे ।

    २६ औँ ओभरमा आरिफ आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । उनले ५५ बलमा ५ चौकाको मद्दतले ३९ रनको योगदान दिए ।

    नेपालले पाँचौँ विकेटका रूपमा भीम सार्कीलाई गुमायो। सार्कीले ८५ बलमा ७३ रन बनाए । उनले ८ चौका हिर्काए । गुल्सन झाले भने ठुलो योगदान दिन सकेनन् । उनले १३ बलमा १ छक्का प्रहार गर्दै ११ रन मात्र जोड्न सके ।

    त्यसपछि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी मिलेर शतकीय साझेदारी गरे । उनीहरुले मात्र ६५ बलमा १०५ रन बनाए । ४७ ओभरमा दीपेन्द्र आउट हुँदा नेपालको स्कोर ७ विकेटको क्षतिमा २८८ रन पुगेको थियो । दीपेन्द्रले ५१ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २ चौका हिर्काए ।

    त्यसपछि सोमपाल पनि अर्धशतक बनाउँदै आउट हुन पुगे । उनले मात्र ४४ बलमा ६७ रन बनाउँदै आउट भए । उनले ३ चौका र ४ छक्का प्रहार गरे । नेपालले नवौँ विकेटका रूपमा करन केसी १० बलमा १७ रन बनाउँदै आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे । स्कटल्याण्डका लागि म्याकेन्जी जोन्सले ३ तथा सफयान सरिफ र माइकल लिस्कले २ विकेट लिए ।

    यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २४ रन बनाएको थियो । टोलीका लागि कप्तान रिची बेरिङटनले शतकीय इनिङ्स खेले । उनले ११४ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मद्दतले १ सय २ रन जोडे । उनले माइकल लिस्कसँग मिलेर स्कटल्याण्डका लागि छैटौँ विकेटमा १२५ रनको कीर्तिमानी साझेदारी गरे ।

    त्यस्तै, माइकल लिस्कले तीव्र गतिमा रन बनाउँदै ६२ बलमा ९६ रन जोडे । उनी शतक बनाउनबाट मात्र ४ रनले चुके । उनले १२ चौका र ३ छक्का प्रहार गरे । यसअघि ओपनर चार्ली टियरले पनि ६५ बलमा ६८ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए । उनले ९ चौका हिर्काए । फिन्ले म्याक्रिथले २३ बलमा १७ रनको योगदान दिए ।

    अन्तिम ओभरमा करन केसीको लगातार ३ बलमा छक्का हिर्काएका मार्क वाटले ९ बलमा २१ रन जोडे ।

    नेपालका लागि करन केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । ललित राजवंशीले किफायती बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले भने १० ओभरमा ६९ खर्चेर कुनै विकेट लिन सकेनन् ।

    यसअघि, नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा पनि नेपाल विजयी बनेको थियो । नेपालले नेदरल्याण्ड्सविरुद्ध ५ विकेटको जित हात पारेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ