काठमाडौँ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरू चार्टर्ड विमानमार्फत आइतबार राति त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् ।
अमेरिकाबाट ३२ जना पुरुष र ५ जना महिला आइतबार राति काठमाडौँ आइपुगेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक जना अधिकृतले बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् ।
यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । आइतबार आएकाहरूसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ ।


आजको ट्रेन्डिङ
- १मासु, सुकुटी र अचार व्यवसायमा जम्दै श्रेष्ठ, महिनामा ४० लाख आम्दानी
- २भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
- ३इरानले नयाँ प्रविधिको मिसाइल हानेपछि इसराइलमा धेरै क्षति
- ४मनसुनीसहित थप तीन वायु सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
- ५इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण, दोहामा विस्फोट, हवाई क्षेत्र बन्द

विचार-ब्लगसबै
प्रतिक्रिया