• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

    414
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भिजिट भिसा प्रकरणमा संसद्को बजेट अधिवेशन प्रभावित भइरहेको बेला प्रचण्डले आज पनि छलफलका लागि बैठक बोलाएका हुन् ।

    बैठक मध्यान्ह १२ बजे बस्नेछ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडानबाट पछि हटेर उच्चस्तरीय न्यायिक समिति वा संसदीय समिति गठन हुनेबारे सत्ता पक्षले सदनलाई जानकारी दिए संसद्को अवरोध हटाउने बताएका छन् । यद्यपि विपक्षीहरूले अडान यथावत् राखेका छन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गृहमन्त्रीलाई बोल्न दिने पक्षमा सकारात्मक देखिएका छन् । भिजिट भिसा प्रकरणका कारण जेठ १३ गतेदेखि संसद् लगातार अवरोध हुँदै आएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ