काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्को अवरोध खोल्न सत्तापक्ष र विपक्षीसँग संवाद र छलफल गर्ने भएको छ । बिहीबार बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको हैसियतले संसद् अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न हाम्रो अधिकतम जोड हुनेछ’, नेता सापकोटाले भने, ‘भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ ।’
उनले उक्त छानबिन व्यक्ति विशेषमा नभएको पनि बताए । ‘व्यक्ति विशेषमा हाम्रो ध्यान होइन तर मुख्य कुरा छानबिनकै हो । यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भनेर हिजोको सदन स्थगित भएको हो’, उनले भने, ‘सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँग कुराकानी गर्नुपर्ने हुन्छ आज कुराकानी हुन्छ । सदनमा छलफलको वातावरण हुनुपर्छ भन्ने निष्कर्ष निकालेको छ।’
प्रतिक्रिया