• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा जारी

    1K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसिरहेको छ। पदाधिकारी बैठक बिहान साढे आठ बजेदेखि जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

    बैठकमा सर्वोच्च अदालतले माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरूद्ध दिएको उत्प्रेषण आदेश र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको आचार्यले बताए ।

    बुधबार सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनमा माओवादीका उपाध्यक्ष सापकोटाविरूद्ध परेको उजुरीमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको थियो।

    सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ