काठमाडौँ । तीनकुने घटनाबारेको थुनछेक पुरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । दुर्गा प्रसाईं सहित थुनामा रहेका ३९ जना विरुद्ध बुधबार सरकारको तर्फबाट चार जना सरकारी वकिलले बहस गरेका छन् ।
जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौला, सरकारी वकिलहरू पूर्ण केसी, गोविन्द प्रसाई हुमागाईँ र उदय चन्द्र अधिकारीले बहस गरेका हुन् । सरकारी वकिलको बहस सकिएपछि प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस गर्नेछन् ।
राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरू मध्ये ३९ जना थुनामा छन् । थुनछेक सकिएपछि प्रसाईं सहितका प्रतिवादीहरूलाई पुर्पक्षको लागी थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने भन्नेबारे आदेश आउँछ ।
भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।
प्रतिक्रिया