• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    जनसंघर्ष अभियानको उद्घाटन गर्दै कञ्चनले भने- ०८४ मा संसदीय चुनाव हुँदैन

    1K
    SHARES

    महेन्द्रनगर । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला(कञ्चन)ले ०८४ मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका छन्।

    आइतबार कञ्चनपुरको महेन्द्रनगरमा ‘भ्रष्ट दलाल पुजिवादी व्यवस्थाका विरुद्ध जनसंघर्ष अभियान’को उद्घाटन गर्दै महासचिव बास्तोलाले आगामी ०८४ मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका हुन्।

    ‘आगामी निर्वाचन संसदीय व्यवस्थाका लागि हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ,’ उनले भने, ‘संसदीय व्यवस्था असफल भयो, अब सबै दलले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि चुनावमा सहभागी हुनुपर्छ।’

    महासचिव बाँस्तोलाले भ्रष्ट दलाल पुँजीवादी व्यवस्थाविरुद्ध नेपाली जनतामाथि शोषण उत्पीडन भएको भन्दै अब यो व्यवस्थाबाट जनतालाई मुक्त गराउनुपर्ने बताए।

    संसदीय व्यवस्थाकै कारण जनप्रतिनिधिदेखि प्रधानमन्त्री, मन्त्रीहरू भ्रष्ट भइरहेको दाबी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा रकम राखेको भारतीय मिडियामा आएका विषयबारे प्रस्ट पार्नुपर्ने माग गरे।

    ‘कार्यकारी प्रमुख सीधै जनताको भोटबाट चुनिनुपर्छ, जनप्रतिनिधि सभा गठन गर्नुपर्छ। विज्ञबाट मन्त्री बनाउनुपर्छ, तब मात्रै नेपाली जनताले अपेक्षाकृत राज्यबाट सेवा पाउनेछन्।’ अभियान ६ महिनासम्म सञ्चालन हुने नेकपा बहुमतले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ