काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको ब्रो काउलीमा विषादी फेला परेको छ ।
भक्तपुरबाट ल्याइएको ब्रो काउलीमा ८८.६७० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।
सोमबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा काउलीमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।


आजको ट्रेन्डिङ
- १मासु, सुकुटी र अचार व्यवसायमा जम्दै श्रेष्ठ, महिनामा ४० लाख आम्दानी
- २मनसुनीसहित थप तीन वायु सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
- ३इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण, दोहामा विस्फोट, हवाई क्षेत्र बन्द
- ४इसराइलसँगको १२ दिने युद्ध सकियो : इरानी विदेशमन्त्री अराघची
- ५इरानबाट कतार र इराकका अमेरिकी सैन्य अड्डामा आक्रमण भएको अमेरिकाद्वारा स्वीकार

विचार-ब्लगसबै
प्रतिक्रिया