• आज :

ताजा अपडेट

  • News Portal

    • आज :
    खेलकुद समाचार

    सम्झानाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले यूएईलाई हरायो

    1K
    SHARES

    काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’ को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले आज सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो ।

    युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो ।युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् ।

    त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिएका थिए ।

    अब नेपालले अर्को खेल आइअत्बार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दै छ ।सन् २०१९ कै फेब्रुअरी २२ तारिखमा बैंककमा खेलिएको महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा पनि नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सन् २०२१ को नोभेम्बर २८ तारिखमा दुबईमा खेलिएको टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा भने यूएईले नेपाललाई ४८ रनले हराएको थियो । सन् २०२२ को जुन २४ मा मलेसियामा भएको नेपाल र यूएईबिचको खेल भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो ।

    जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म सञ्चालन हुने महिला एसिया कपको नवौँ संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाल र यूएई प्रतियोगिताको समूह ‘ए’मा परेका छन् । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तानसँगै पनि सोही समूहमा छन् ।

    प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।

    प्रतिक्रिया