• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    यस्ताे छ आज देशभरकाे माैसम अवस्था

    543
    SHARES

    काठमाडौँ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।

    महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका एकदुई  स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।आज सूर्योदय बिहान ५ बजेर १८ मिनेटमा भयोसकाे थियाे, सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ