• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज देशका यि प्रदेशमा भारी वर्षाको सम्भावना

    537
    SHARES

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। उक्त मनसुनकाे प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली  रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका १  दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरूमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती  र गण्डकी प्रदेशका एक(दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिमबाट बच्न  आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ