काठमाडाै । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ ।
सडक माथिबाट लगातार पहिरो खसिरहेकोले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् ।पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो ।
साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएपछि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ ।

आजको ट्रेन्डिङ
- १तरुण दलको लमजुङ अधिवेशनमा झडप : खुकुरी प्रहारबाट चारजना घाइते
- २आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयकमाथि छलफल र प्रस्ताव, यस्तो छ कार्यसूची
- ३देशभर मौसम बदली, कतै हावाहुरी त कतै चट्याङसहित वर्षाको सम्भावना
- ४कपालभन्दा टोपी छोटो, जनता होइन प्रवृत्ति खोटो
- ५आज सागसब्जी र फलफूलको मूल्य यस्तो छ
विचार-ब्लगसबै
प्रतिक्रिया