• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेकपा एमाले संसदीय दलको बैठक १० बजे बस्दै

    797
    SHARES

    काठमाडाैँ।    नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ ।

    आजको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरुलाई औपचारिक रुपमा जानकारी गराइने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

    गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिसकेको छ । यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

    कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको हाे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ