• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बीच भयो एकता

    748
    SHARES

    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच पार्टी एकता भएको छ । १३५औं मे दिवसको अवसरमा २ पार्टीले एक कार्यक्रम आयोजना गरेर एकता घोषणा गरेका हुन् ।

    सो अवसरमा कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले एक प्रेस वक्तव्यमा जारी गर्दै एकताको यस सुखद् अवसरमा कम्युनिस्ट नामका विभिन्न संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका विभिन्न समूह तथा व्यक्तित्वहरुलाई यो एकता प्रक्रियामा सामेल हुन आह्वान गरेका छन् । ‘तपाइँ हाम्रो यस प्रकारकोे एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम खडागर्ने छ र क्रान्ति सम्पन्न हुनेछ । बाटो जतिसुकै कष्टसाध्य भए पनि भविष्य उज्ज्वल छ ।’ वक्तव्यमा भनिएको छ ।

    तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा मशालका बीच सम्पन्न धेरैपटकका वार्ता, छलफल तथा बहसमा भएका सहमतिको पृष्ठभूमिमा गत बैशाख १३ गते पार्टी एकता संयोजन समितिको बैठकबाट यो एकता सुनिश्चित उनले बताएका छन् । यो एकता मार्फत् आफुहरुले एकता–संघर्ष र बारम्बारको फूटबाट आक्रान्त बन्दै आएको नेपाली कम्युनिस्ट आन्दोलनलाई आउने दिनमा एकता–संघर्ष रुपान्तरण र उच्चस्तरको एकतालाई हावी बनाएर लैजाने प्रतिवद्धता समेत संयोजक किरणले जाहेर गरेका छन् ।

    वक्तव्यमा भनिएको छ, “श्रमजीवी तथा आम उत्पीडितवर्गको अग्रदस्ताका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधाराको सर्वाेच्च चेतनाद्वारा सुसज्जित र सर्वहारावर्गका प्रतिनिधिबाट बनेको सच्चा कम्युनिस्ट पार्टीबिना उनीहरुको मुक्ति असम्भव छ भन्ने अग्रचेतनाद्वारा आलोकित एकीकृत साम्यवादी दल नभइकन कुनै परिवर्तनकारी आन्दोलन वा क्रान्ति सम्पन्न हुन सक्दैन । यस तथ्यलाई आत्मसात गरी तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा मशालका बीच सम्पन्न धेरैपटकका वार्ता, छलफल तथा बहसमा भएका सहमतिको पृष्ठभूमिमा यही वि.सं. २०८१ बैशाख १३ गते पार्टी एकता संयोजन समितिको बैठकबाट यो एकता सुनिश्चित भएको हो । यो एकता मार्फत् हामीले एकता–संघर्ष र बारम्बारको फूटबाट आक्रान्त बन्दै आएको नेपाली कम्युनिस्ट आन्दोलनलाई आउने दिनमा एकता–संघर्ष रुपान्तरण र उच्चस्तरको एकतालाई हावी बनाएर लैजाने प्रतिवद्धता जाहेर गर्दछौँ ।’

    नयाँ कुराको वकालत र भिन्न चीजको स्थापना गरेर नै माओले रुसभन्दा भिन्न देश र कालको परिस्थिति हुँदाहुँदै पनि चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको स्मरण गर्दै नेपालको विद्यमान परिस्थिति अनुरुप माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारालाई नेपाली क्रान्तिमा लागु गर्न र यो विशिष्ट परिस्थितिमा क्रान्तिको विकासका लागि त्यसको नेतृत्व गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतिबद्ध रहेको वक्तव्यमा उल्लेख छ ।

    ‘अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती विशेषता सहितको नव–औपनिवेशिक अर्थ–सामाजिक स्थिति, बचेखुचेको सामन्तवाद, नोकरशाही पुँजीवाद तथा दलाल पुँजीवाद मुख्यतः दलाल पुँजीवाद क्रान्तिको दुश्मन शक्ति र मजदूर, किसान, सिपाही, सुकुम्वासी, राष्ट्रिय पुँजीपति लगायतको मित्रशक्ति रहेको वर्तमान अवस्थामा दलाल तथा नोकशाही पुुँजीवादी राज्यसत्ता र आम नेपाली उत्पीडित जनताका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध रहेको छ ।’ वक्तव्यमा भनिएको छ-‘यसको समाधान नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गरी पुगिने वैज्ञानिक समाजवाद हो भन्ने कुरामा हाम्रो पार्टी प्रतिबद्ध छ ।’

    अहिले देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेको भन्दै उनले पछिल्ला एमसीसी र एसपीपी जस्ता सम्झौताहरुपछि राष्ट्रिय स्वाधीनताको समस्या अझ गम्भीर बनेको विज्ञप्तिमा उल्लेख छ । झुठा मुद्दामा राजनैतिक कार्यकर्ताहरुलाई फसाएर, बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पु¥याइएको भन्दै उनले बैङ्कहरुको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्याहरु आकाशिएको प्रष्ट पारेका छन् । राज्यसत्ता, सरकार र सम्वन्धित निकायहरु यी समस्याहरुको समाधान गर्नुको सट्टा आन्दोनलकारीहरुमाथि दमन गर्न उद्यत रहेको भन्दै संयोजक किरणले आफ्नो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका यावत समस्याहरुको समाधानका लागि संघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको समेत जनाएका छन् ।

    ‘सिमित जनतान्त्रिक अधिकारहरु क्रमशः खोसिंदै गएका छन् । झुठा मुद्दामा राजनैतिक कार्यकर्ताहरुलाई फसाएर र बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पु¥याइएको छ । बैङ्कहरुको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्याहरु आकाशिएका छन् । राज्यसत्ता, सरकार र सम्वन्धित निकायहरु यी समस्याहरुको समाधान गर्नुको सट्टा आन्दोनलकारीहरुमाथि दमन गर्न उद्यत रहेका छन् । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका यावत समस्याहरुको समाधानका लागि संघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।’ वक्तव्यमा भनिएको छ ।

    संयोजक बैद्यले पार्टी एकताको यस सुखद अवसरमा कम्युनिस्ट नामका विभिन्न संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका विभिन्न समूह तथा व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा सामेल हुन आह्वान गरेका छन्।

    प्रतिक्रिया