• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    प्रतिनिधिसभा बैठक : सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग जारी

    2.4K
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार पनि प्रतिनिधिसभाको बैठकमा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ ।प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू सिटबाट उठेपछि सभामुख देवराज घिमिरेले बोल्ने समय दिएका थिए ।

    कांग्रेसकोतर्फबाट सांसद प्रतिमा गौतमले संसदीय छानबिन गर्नुपर्ने कांग्रेसको अडान रहेको बताइन् । उनले संसदीय छानबिन हुँदासम्म गृहमन्त्री रवि लामिछाने पदबाट बाहिर बस्नुपर्ने उनको माग थियो । ‘सहकारी पीडित भएका मानिसहरू यत्रतत्र ठोक्किन थालेका छन्’, उनले भनिन्,’सहकारीमा ६० प्रतिशत महिला मात्र छन् । आामा दिदीबहिनीले सानो उद्योग गरेर थोरै पैसा जम्मा गरेका छन् ।’

    उनले सरकारमा बसेपछि बोली फेरिने गरेको बताइन् । ‘रवि लामिछानेसहितले पैसा हिनामिना गरेको उजुरी पर्‍यो । हामीले संसद्मा चासो व्यक्त गर्‍यौं । सत्ता साझेदारका दलका नेताहरू नै उहाँलाई संरक्षण गर्न थाल्नु भयो । सरकारका मुखिया र सरकारमा मान्छेहरू ‘आइ एम द स्टेट’ भन्ने अवस्थामा पुग्नु भएको छ’ सांसद गौतमले भनिन्,’ सरकार अहिले सहाकारी पीडितलाई न्याय दिनेभन्दा आरोपित गृहमन्त्री उजुरी परेको कुरालाई एउटा चिर्कटो भन्नुहु्न्छ ।’ उनले विगतमा पनि संसदीय समिति बनेको उदाहरण दिँदै त्यस्तो समिति बने त्यहाँ सबै पार्टीका सांसद रहने बताइन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ