• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    २४ बलमा ३३ रन बनाउँदै आउट भए कप्तान पौडेल

    201
    SHARES

    काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो पाँचौँ विकेट गुमाएको छ ।

    नेपालले पाँचौँ विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

    रोहित टोलीका लागि महत्त्वपूर्ण योगदान गर्दै पेभेलियन फर्किए । उनले पेभेलियन फर्किनुअघि ३३ रन बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका रोहितले केवल २४ बलको सामना गरी पाँच चौका पनि हिर्काए ।

    उनलाई आयरल्यान्डका बलर गाभिन होएले रकद्वारा क्याच गराए । १६औँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले एक सय ५७ रन बनाएको छ ।

    प्रतिक्रिया