
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् ।
ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।
बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए । सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’
उनले भेटबारे सञ्चारकर्मीसँग यतिमात्रै भने । प्राय मिडियासँग खुला कुराकानी गर्ने लामिछानेले यो भेटबारे भने केही बताएनन् ।



प्रतिक्रिया