• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गगन थापाको दावी : भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ

    226
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद् ‘कालो दिन’ का रूपमा चित्रित गरे।

    भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी पुस्ता सडकमा उत्रँदा भएको घटनामा धेरै युवाले ज्यान गुमाउनु परेको भन्दै थापाले गहिरो दुःख व्यक्त गरे। सडकमा जनआक्रोश देखिनु स्वाभाविक भएको उल्लेख गर्दै उनले सार्वजनिक पदमा बसेकाहरूको राजनीतिक र नैतिक जिम्मेवारी सबैभन्दा ठूलो हुने बताए।

    ‘राजनीतिक नैतिकता अत्यन्तै महत्वपूर्ण हुन्छ। म त्यतिबेला जिम्मेवार पदमा भएको भए यसको सम्पूर्ण जिम्मेवारी लिने थिएँ,’ थापाले भने। ठूलो पदमा बस्नेले अझ बढी जिम्मेवारी वहन गर्नुपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री यसबाट पन्छिन नमिल्ने उनको धारणा छ।

    थापाले घटनापछि कांग्रेसले गृहमन्त्रीलाई राजीनामा दिन लगाएर आफ्नो तर्फबाट राजनीतिक नैतिकता प्रदर्शन गरेको दाबी पनि गरे। प्राविधिक छानबिन आफ्नो ठाउँमा भए पनि सरकारको नेतृत्व गर्नेले नैतिक रूपमा ‘यसको जिम्मा म लिन्छु’ भन्न सक्नुपर्ने उनले जोड दिए।

    उनले भने, ‘सार्वजनिक ओहोदामा बसेकाको नैतिकता ठूलो कुरा हो, राजनीतिक नैतिकता झनै ठूलो हो। जिम्मेवारी लिँदा कोही सानो हुँदैन। जो ठूलो पदमा छ, उसले बढी जिम्मेवारी लिनुपर्छ। घटना कसरी भयो भन्ने छानबिन हुँदै जाला, तर यसको जिम्मेवारी सरकारमा बसेकाहरूले लिनैपर्छ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ