• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    रास्वपा सभापतिकै रुपमा सक्रिय भए रवि, बाजागाजासहित पार्टी कार्यालयमा स्वागत

    253
    SHARES

    काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिकै हैसियतमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका उनी शुक्रबार रिहा भएका थिए ।

    त्यसपछि आज बसेको केन्द्रीय समितिमा उनी सभापतिकै रुपमा क्रियाशील भएका हुन् । आजको बैठक उनकै अध्यक्षतामा जारी छ ।

    जेल चलान भएपछि रविले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । आज उनै अर्यालले कार्यकक्षमा लामिछानेलाई सभापतिकै रुपमा स्वागत गरे ।

    त्यसअघि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुचेच्छुकहरू पुगे।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ