• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ईशानको रहस्यमय मृत्यु, दोषी पक्राउको माग गर्दै रुपन्देहीमा प्रहरी कार्यालय घेराउ

    116
    SHARES

    बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकमा १७ वर्षीय किशोर ईशान शर्मा पौडेलको शंकास्पद मृत्युले आक्रोश चुलिँदै गएको छ। घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन्।

    तीन दिनअघि घर नजिकै नालीमा मृत अवस्थामा भेटिएका ईशानको घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आरोप लगाउँदै टोल विकास संस्था, आमा समूह तथा स्थानीय बासिन्दा स्वःस्फूर्त रूपमा सडकमा उत्रिएका हुन्।

    मृतकका बुबा पुष्पराज शर्माका अनुसार तीन हजारभन्दा बढीको संख्यामा स्थानीय सहभागी भई प्रहरी कार्यालय घेराउ गरिएको हो। उनका अनुसार पोष्टमार्टम रिपोर्टमा ईशानको टाउकोमा लागेको चोटका कारण अत्यधिक रगत बग्दा ज्यान गएको पुष्टि भएको चिकित्सकहरूले बताएका छन्।

    ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनको शव घरबाट करिब डेढ सय मिटर टाढा रहेको नालीमा फालिएको अवस्थामा फेला परेको थियो। शव भेटिँदा टाउकोको पछिल्लो भागमा गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ।

    तर, घटनास्थलमा रगत बगेको वा लतपतिएको कुनै स्पष्ट संकेत नदेखिएको प्रहरीको भनाइ छ, जसले घटनाको प्रकृतिलाई झनै रहस्यमय बनाएको छ।

    यता प्रहरीले घटनाको अनुसन्धान जारी रहेको दाबी गर्दै स्थानीयसँग संयम अपनाउन र आवश्यक सहयोग गर्न आग्रह गरेको छ। तर, दोषी पहिचान र पक्राउमा ढिलाइ भएको भन्दै स्थानीयको आक्रोश भने कम भएको छैन।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ