• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

    84
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन् ।

    शुक्रबार रिहा भएका सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । केन्द्रीय समिकिो बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

    बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए । केन्द्रीय समिति बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई अहिले केहिबेरमा स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।

    शुक्रबार रिहा भएका सभापति लामिछानेले शनिबार चितवनको सभा सकेर काठमाडौं फर्केर जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेका थिए । सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति थिए ।

    शुक्रबार लामिछाने रिहा भएलगत्तै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् अवस्थामै सक्रिय हुने जानकारीसमेत गराएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ